काठमाडौं,साउन १४
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने जल
तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, मधेश,
बागमती र गण्डकी
प्रदेशका एक–दुई स्थानमा अधिक वर्षा हुने विभागको अनुमान छ ।
मुलुकका कतिपय स्थानमा अहिले वर्षा भइरहेको छ ।
बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, कोशी,
लुम्बिनी र सुदुरपश्चिम
प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको हो ।
लुम्बिनी प्रदेशका थोरै
स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम
वर्षाको सम्भावना छ ।
त्यस्तै राती पनि देशभर साधारणतया बदली रहने छ । सबै
प्रदेशका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको
छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ४
डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ३ डिग्रीसम्म पुग्ने
अनुमान गरिएको छ ।
काठमाडौंमा पछिल्लो २४
घण्टामा ३३ दशमलव ५ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा १४१
दशमलव ९ मिलिमिटर वर्षा भएकोे विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।