देशभर पाँच जिल्लामा हैँजा पुष्टि

Jhalkonepal

काठमाडौँ , सावन २६

देशभर ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०का अनुसार ललितपुरमा ३४, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको  छ ।  बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ ।

पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया