काठमाडौं, माघ २३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको भएसंगै ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ ।
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित गरिएकाे कांग्रेसले जनाएकाे छ ।
समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका लागि माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो ।
२२ माघ २०८०, मङ्गलबार ११:१० मा प्रकाशित