चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

Jhalkonepal

चितवन भदौ २५ 

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभएको छ । उहााका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि ति महिला थप उपचारका लागि हिजो  मेडिकल कलेजमा भर्ना हुनुभएको थियो  । सघन उपचार कक्षमा उपचारका क्रममा उहाको मृत्यु भएको बताइएको छ । 

जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । ६ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । उहाका अनुसार सङ्क्रमितमध्ये २५ जना चितवनका छन् भने बाँकी अन्य जिल्लाका छन् ।

केसीले गत आवमा तीन हजार चार सय ८२ जनाको परीक्षण गर्दा पाँच सय २८ मा स्क्रब टाइफस सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।  

प्रतिक्रिया