आज प्रधानमन्त्री ओलीकाे सपथ

Jhalkonepal

काठमाडाैं, असार ३२

प्रधानमन्त्री   केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । 

 बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउने कार्यतक्रम रहेकाे छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि राष्ट्रपति पौडेलले शुक्रबार नै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउँदै प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएकाे थियाे ।

शुक्रबार राती नै एमाले अध्यक्ष ओलीले सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनसहित प्रधानमन्त्री दाबी गरेका थिए।

राष्ट्रपतिले दिएको समयसीमा आइतबारसम्म रहेकाले ओली दाबी पेस गरेको दुई दिनपछि प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया