राधाकृष्ण रथयात्रा समापन,शंकास्पद गतिविधि गर्ने १ सय ४३ जना प्रहरी नियन्त्रणमा : विराटनगर

Jhalkonepal

विराटनगर, भदाै १२

 विराटनगरमा निकालिएकाे राधाकृष्ण रथयात्रा समापन भएको छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको राधाकृष्णको युगल जोडीसहितको रथ यात्रा बजार क्षेत्रको करिब ८ किलोमिटर यात्रा तय गरी पुन: मन्दिरमा पुगेर समापन भएको हो ।

रथयात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गरेको आरोपमा १ सय ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकामध्ये १० जना महिला छन् ।

मोरङ प्रहरीले उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नहरुलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए ।

विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिन्छ ।

 

प्रतिक्रिया