काठमाण्डौं, बैशाख २९
३ बुँदे माग राख्दै डाक्टर गोविन्द केसीले आमरण अनशन शुरु गर्नु भएको छ । पशुपती क्षेत्रमा आमरण अनशन बस्नु भएका डाक्टर केसीले प्रेस बक्तब्य जारी गर्दै मागहरु सार्वजनिक गरेका छन । उनका मागमा सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा प्रमुख रहेको छ । यस्तै अन्य मागमा सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार र निशुल्क औषधि पाउनुपर्ने र आफूसँग विभिन्न समयमा सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने पनि रहेको छ ।
डा. गोविन्द केसीले आमरण अनशन सुरु गरेको यो २२ औं पटक हो । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् ।
२८ बैशाख २०८१, शनिवार ०५:२० मा प्रकाशित