काठमाण्डाै, पुस २२
जय ट्रफी एलिट कप क्रिकेटमा मधेश प्रदेश र
बाग्मती प्रदेश तथा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीचको खेल बराबरीमा
सकिएको छ ।
मधेशले दिएको १ सय ६४ रनको लक्ष्य
पछ्याएको बाग्मतीले दोस्रो दिनको समाप्तिमा ६ विकेट गुमाएर ९७ रन बनायाे । दोस्रो
पारीमा बाग्मतीका ऋत गौतमले २५ रन बनाए । मधेशका हरिशङ्कर शाहले ३ विकेट लिए ।
दोस्रो पारीमा मधेशका मयन यादवले शतक बनाए । बाग्मतीका कप्तान सन्दीप
लामिछानेले ५ विकेट लिए । मधेशले पहिलो पारीमा १ सय २ रन र
बाग्मतीले १ सय ५० रन बनाएको थियो ।
यस्तै,आर्मीले दिएको १ सय ७२ रनको
लक्ष्य पछ्याएको पुलिसले दोस्रो दिनको समाप्तिमा ५ विकेट गुमाएर ८८ रन बनायो ।
दोस्रो पारीमा पुलिसका अमित श्रेष्ठले ३६ रन बनाए । आर्मीका आकाश चन्द र शाहब
आलमले २/२ विकेट लिए ।
दोस्रो पारीमा आर्मीका सोमपाल कामीले नटआउट ८२ रन बनाए । पुलिसका
कुशल भुर्तेलले ४ विकेट लिए । आर्मीले पहिलो पारीमा १ सय २१ रन र पुलिसले १ सय २५
रन बनाएको थियो ।
हिजोदेखि शुरू भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड
रोबिनका आधारमा हुनेछ ।
२१ पुस २०८१, सोमबार ०६:०५ मा प्रकाशित