आजकाे माैसम : कुन प्रदेशमा कस्ताे छ माैसम

Jhalkonepal

काठमाडौं, साउन ३

आज देशभर साधारणतया बदली रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

कोशी, बागमती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको अनुमान छ ।


प्रतिक्रिया