काठमाण्डाै,असोज २८
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान
गरिने भएको छ ।
पुरस्कार पाउनेमा भारतीय मुलका
अमेरिकी नागरिक अभिजित बेनर्जी, इश्वत डुफलो र माइकल क्रेमर रहेका छन् । भारतीय मुलका बेनर्जीले सन् १९८१ मा
कोलकाता विश्वविद्यालयबाट बीएस्सी गरेका थिए भने १९८३ मा जवाहरलाल नेहरु
विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए साथै अमेरिकाको हार्वड विश्वविद्यायलबाट
१९८८ मा विद्यावारिधि गरेका थिए ।
विश्वभरको गरिबी न्यूनिकरणका लागि
उनीहरुले गरेको ‘एक्सपेरिमेन्ट एप्रोचका लागि उनीहरुलाई अर्थशास्त्रतर्फको नोबेल
पुरस्कार प्रदान गर्न लागिएको हो । पछिल्लो २ दशकमा यो एप्रोचलेले ठूलो भूमिका
खेलेको बताइन्छ ।
२७ असोज २०८१, सोमबार ०५:३० मा प्रकाशित