पाल्पा कात्तिक ५
पाल्पाको रानीमहल नजिकै भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेहरूकाे पिहचान खुलेकाे छ ।दुर्घटनामा परी ज्यान गुमाउने ६ जना सबै एकै परिवारका भएको खुलेको हाे । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना छन्।
मृत्यु हुनेमा पाँच जना नवलपरासी(बर्दघाट सुस्ता पूर्व) जिल्लाका रहेका छन् । चालक नवलपरासी देवचुली नपा–१६ रजहर का बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहरका ६५ वर्षीय कृष्ण बहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, नातिहरू ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका छन्।
दुर्घटनामा परी कृष्णबहादुरका आफन्त ५५ वर्षीया चुना धितालको पनि मृत्यु भएको छ।
आज करिब ४ बजे बजे तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट कार १०० मिटर तल खसेको थियो। । बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कार दुर्घटना भएको हो ।