विपन्न तथा हिंसाको जोखिममा रहेका किशोरीहरुलाइ छात्रवृत्तिकाे अवसर

Jhalkonepal

काठमाडाैं, असाेज १९

विपन्न तथा हिंसाको जोखिममा रहेका किशोरीहरुले बङ्गलादेशमा  स्नातक पढ्ने अवसर पाउने भएकाछन 

छोरी नामक सस्थाले किशोरीहरूलाइ  स्नातक अध्ययनका लागि छात्रवृत्तिकाे अवसर सृजना गरेको हो  । कक्षा १२ सकेर इच्छाहुदाहुदै बाँकि पढ्न नसक्ने आर्थिक अवस्था कमजोर भएका  , हिंसा , दुब्य{बहार , बेचबिखनको जोखिममा परेका कारणले आफ्नो पढाइलाई निरन्तरता दिन नसकेका किशोरीहरूका लागि छोरीले यस्तो अवसर ल्याएको हो । किशोरीहरूका लागि Asian University for Women, Bangladesh सँग समन्वय गरी छात्राबृतिको  ब्यावस्था मिलाएको सस्थाले जनाएको छ  छोरी सस्थाकी मिरा दाहालका अनुसार सस्थाले कक्षा १२ सकेर  त्यसपछिको अध्ययन गर्न बङ्गलादेशमा ५ वर्षको निःशुल्क ब्याचलर डिग्री पढ्ने तथा सिपमूलक तालिमहरूको  अवसर सृजना गरेको  जसमा अगाडी पढ्न नपाएका विपन्न तथा हिंसाको जोखिममा रहेका २० जना छोरीहरुले सो अवसर प्राप्त गर्नेछन 

यसमा जान इच्छुकले अनलाइनको माध्यमबाट २०८० साल असोजको १६ गते देखि २५ गते सम्म आवेदन गर्न समय सीमा तोकिएको  जानकारी दिएको छ । संस्थाले अनलाइन https://asian-university.org/ मा गएर फारम भर्न र आवश्यक कागजात नागरिकता र पासपोर्ट , एसइई र कक्षा १२ को सर्टिफिकेट समावेस गरेर आवेदन गर्न सूचना जारी गरेको छ 

छोरी सस्थाले  सन् २०१३ देखी छोरी भएकै कारण विभिन्न हिंसामा पर्नुपर्ने विद्यमान समस्यालाई न्यूनीकरण गरी आगामी दिनहरुमा छोरीहरुले हिंसा रहित वातावरणमा बाँच्न पाउने समाजको निर्माण होस् भन्ने उद्देश्यले काम गर्दै आएको  दाहालले बताउनुभयो । 


 

प्रतिक्रिया