भोलिदेखि वर्षाको मात्रामा केही कमी आउने :मौसम पूर्वानुमान महाशाखा

Jhalkonepal

काठमाडौँ, असार २३ 

भोलिदेखि वर्षाको मात्रामा केही कमी आउने भएको छ ।


 मौसम पूर्वानुमान महाशाखाले आज मनसुन विशेष मौसम बुलेटिन जारी गरेर नेपालमा मनसुनको सक्रियतामा कमी आइ भोलि देखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको जानकारी दिएको हो ।

भोलिदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

प्रतिक्रिया