भोलिदेखि वर्षाको मात्रामा केही कमी आउने :मौसम पूर्वानुमान महाशाखा

Jhalkonepal

काठमाडौँअसार २३ 

भोलिदेखि वर्षाको मात्रामा केही कमी आउने भएको छ 


 मौसम पूर्वानुमान महाशाखाले आज मनसुन विशेष मौसम बुलेटिन जारी गरेर नेपालमा मनसुनको सक्रियतामा कमी आइ भोलि देखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको जानकारी दिएको हो 

भोलिदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेशबागमतीलुम्बिनीकर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ 

 

 

प्रतिक्रिया