नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरू हुँदैछ।
ललितपुर गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजे महाधिवेशन परिषद् बैठकको उद्घाटन हुने बताइएकाे छ ।
दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको बैठकमा दुई हजार ४५४ जना प्रतिनिधि सहभागी हुनेछन्।
जसमा राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरू दुई हजार ७३ जना छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनीत गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना र आयोजक गरी दुई हजार ४५४ पुगेको छन् ।
आइतबारसम्म चल्ने बैठकमा ६ वटा दस्तावेज प्रस्तुत हुनेछन्।
७ बैशाख २०८१, शनिवार ०९:१८ मा प्रकाशित