काठमाडौँ , साउन २१
काभा
भलिबल नेसन्स लिगको समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा
पराजित गरेको छ ।
आज भएको
खेलमा नेपालले माल्दिभ्सलाई २५-८, २५-१९ र २५-१८ ले हराएको हो ।
प्रतियोगिताको
सेमिफाइनल समिकरण पूरा भइसकेको छ ।
आजै
आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० को सेटमा पराजित गरेसँगै शीर्ष स्थान
पक्का गर्यो ।
हारसँगै
श्रीलंका चौथो स्थानमा रहेको छ । अब भारत र श्रीलंकाबीच नै सेमिफाइनल हुनेछ ।
अब
दोस्रो भएको नेपाल र तेस्रो भएको इरानले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
२० साउन २०८१, सोमबार ०५:०१ मा प्रकाशित