अदालतले पनि भन्यो नो टिकटक

Jhalkonepal


काठमाण्डौं, मंसिर ५


सरकारले कार्तिक २७ गते मन्त्रिपरिषदको निर्णय मार्फत सामाजिक संजाल टिकटकमा लगाएको प्रतिवन्ध कायम रहने भएको छ । सरकारले लगाएको प्रतिवन्ध अभिव्यक्ति स्वतन्त्रको विरुद्धमा भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठी लगायत दायर गरेको रिट सहित अरु १० वटा रिट सर्वोच्चमा परेको थियो । रिटमा टिकटक माथिको प्रतिवन्ध हटाउन अन्तरिम आदेशको माग गरिएको थियो । 

सर्वोच्च अदालतले आज सो मुद्धामा सुनवाई गर्दै अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायधिश विनोद शर्माको एकल इजलासले १० वटै रिटमा अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको हो  । यो मुद्धाको पुर्ण सुन्वाई मंसिर १९ गते लाई पेशी तोकिएको छ । साथै १५ दिन भित्र टिकटक प्रतिवन्ध लगाउनुको कारण लिखित रुपमा पेश गर्न सरकालाई आदेश समेत दिइएको छ । 


प्रतिक्रिया