धादिङ, भदाै १०
पृथ्वी राजमार्ग अन्तर्गत
धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।
सडक माथिबाट लेदो सहितको पहिरो झर्दा राजमार्गमा दुईतर्फी सवारी आवागमन बन्द भएको
हो।
पहिरो पन्छाउन
केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ। पहिरोको कारण काठमाडौं प्रवेश गर्ने र
बाहिरिने सयौं सवारी रोकिएका छन्।
लगातार वर्षासँगै
लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।
९ भदौ २०८१, सोमबार ०७:०५ मा प्रकाशित