स्पेनमा पछिल्लो ५० वर्षयताकै ठुलो बाढी

Jhalkonepal

काठमाण्ड,कार्तिक १५

स्पेनमा पछिल्लो ५० वर्षयताकै ठुलो बाढी आएको छ ।

 बाढीमा परेर ९५ जनाको ज्यान गएको छ भने कयौँजना वेपत्ता भएका छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । वेपत्ताहरुको सङ्ख्या एकिन छैन, ज्यान जानेको सङ्ख्या निकै धेरै हुन सक्ने बीबीसीले जनाएको छ ।

स्पेनका राष्ट्रपति पेड्रो सान्चेजले तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । पीडितले बाढी तीब्र गतिको सुनामी जस्तै रहेको प्रतिक्रिया दिएका छन् ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनले स्पेनमा आएको बाढीलाई अझ खराब बनाएको बताएका छन् । राष्ट्रपति सान्चेजले नागरिकहरूलाई सतर्क रहन आग्रह गर्दै सम्पूर्ण स्पेन पीडितसँगै रोइरहेको बताउनुभएको छ । बाढीले कयौँ सडक र सहरलाई नदीमा परिणत गरेको छ । 

 

प्रतिक्रिया