काठमाडौं- जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको ‘बर्बर दमन’को विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्पूर्ण प्रतिनिधिसभा सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिने निर्णय गरेका छन्।
रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको उपेक्षा, क्रूर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको छ।'
सरकारले जेनजी आन्दोलनमाथि गरेको हस्तक्षेपले संविधान र लोकतान्त्रिक मूल्यको अपमान भएको उल्लेख गरिएको छ।
२३ भदौ २०८२, मङ्गलबार ०३:४३ मा प्रकाशित