काठमाडौं, चैत २९
संघीय संसद् अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
बैठकमा चैत १५ गते काठमाडौं तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयमा गृहमन्त्रीसँग छलफल हुने समितिले जनाएको छ।
यस्तै दिउँसो १ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (संचालन तथा व्यवस्थापन) विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ।
२७ चैत २०८१, शुक्रबार ०८:१३ मा प्रकाशित