तोलामा दुई सयले घट्यो सुनको मूल्य

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तीन लाख १० हजार १०० रुपैयाँमा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने तीन लाख १० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ३५५ रुपैयाँ तय भएको छ । 

प्रतिक्रिया