इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयनमा आउने

Jhalkonepal

काठमाडौ,माघ ६

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुने  भएको छ ।  बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो ।यो युद्धविराम सम्झौता तीन चरणमा पूरा हुने छ । यसअवधिमा प्यालेस्टिनी र इजरायली बन्धक रिहा गरिने छ ।युद्धविरामको पहिलो चरणमा १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् ।

प्रतिक्रिया