काठमाडौं, असार १५
स्याङ्जामा पहिरोले
घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ
।
गएराति साढे ११ बजे
स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाँगेस्थित दुर्गा जिटीको ढुंगा माटो र टिनले
छाएको घर पहिरोले पुरिँदा उनीसँगै उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो।
पहिरोले ढुंगामाटो
र टिनले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पूर्ण रुपमा पुरिएको प्रहरीले जनाएको
छ ।
१५ असार २०८१, शनिवार १०:०३ मा प्रकाशित