जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको मृत्यु, चार जना गंभिर

Jhalkonepal

काठमाडाैं , भदाै ७

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको ज्यान गएको छ । चार जना गम्भीर घाइते भएका छन् । पश्चिमी जर्मनीको औद्योगिक शहर सोलिन्जेन स्थापना भएको छ सय ५० वर्ष पूरा भएको अवसरमा आयोजित उत्सवमा आक्रमण भएको थियो । आक्रमणकारी अझै फरार छन् ।

बिल्ड वेबसाइटका अनुसार एक जना मानिसले बाटोमा हिँड्नेलाई अन्धाधुन्ध तरिकाले छुरा प्रहार गरेका थिए । प्रहरीले आक्रमणकारीलाई खोज्नको लागि व्यापक जनशक्ति परिचालन गरेको छ । प्रहरीले ४० वटा सामरिक गाडी प्रयोग गरेर संदिग्धको खोजी गरिरहेको बीबीसीले जनाएको छ ।

आक्रमणकारी रहेको शङ्कामा प्रहरीले फ्रोनहोफ बजारलाई घेरा हालेको छ । अधिकारीले सर्वसाधारणलाई घर छाडेर भाग्न आग्रह गरेका छन् 

प्रतिक्रिया