प्रतिनिधि सभा बैठक सुरू , सरकारले ल्याएको अध्यादेश दुवै सदनमा पेस नहुने

Jhalkonepal

काठमाण्डाैं, माघ २४


आज ढिला गरी प्रतिनिधि सभा बैठक सुरू भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरू भएको हो।
सरकारले ल्याएको अध्यादेश आजको संसद्को दुवै सदनमा स्वीकृतीका लागि पेस नहुने भएको छ। आजको बैठकमा अध्यादेश पारित गर्ने कार्यसूची थियो तर राष्ट्रिय सभामा निर्णायक रहेको जनता समाजवादी पार्टी नेपालले अध्यादेशबारे निर्णय गर्न ढिला गरेपछि बैठक ढिला सुरू भएको हो । 
जसपाको निर्णय ढिला आउँदा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची हटाइएको छ।
आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सभा समक्ष पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१” सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
 

प्रतिक्रिया