बझांग, कार्तिक १०
बझांगको सुर्मा गाँउपालिकाको एउटा स्वास्थ्य चौकी फोडेर चोरी भएको छ । सुर्मा गाँउपालिकाको वडा नम्बर ३ मा रहेको धनीधारा आधारभुत स्वास्थ्य चौकीमा बुधबार राती अज्ञात समुहले तोडफोड गरि चोरी गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझांगका अनुसार अज्ञात समुहले स्वास्थ्य चौकीमा मध्यरातमा तोडफोड गरि ३ बट्टा कण्डम चोरेको छन । चोरी गर्ने समुहले स्वास्थ्य चौकीको झ्याल फुटाएर भित्र पसेको र कम्प्युटर तथा फर्निचर समेत तोडफोड गरेको छ । चोरहरुले स्वास्थ्य चौकीमा भएको औषधीमा पनि क्षति पुर्याए पनि कण्डमा मात्र चोरेर लगेको छन ।
रातीको समयमा सरकारी सम्पती तोडफोड गरि चोरी गर्ने कार्य एक ब्यक्तिको मात्र नभइ कुनै समुहले गरेको हुन सक्ने र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
९ कार्तिक २०८०, शुक्रबार ०८:०३ मा प्रकाशित