युवकले गरे आमाको निर्मम हत्या

Jhalkonepal

धादिङ- धादिङमा आमाको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् ।

५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ । गए राति धारिलो हतियार प्रहार गरी उनले आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले जानकारी दिए ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको उनले बताए । यमबहादुरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


प्रतिक्रिया