चितवन,असार २९
चितवन-नारायणगढ मुग्लिन सडकको भरतपुर
महानगरपालिका-२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहान सबेरै त्रिशूलीमा
हराइरहेका दुईवटा बस र यात्रुको खोजी आज पनि बिहान आठ बजेपछि सुरू हुँदैछ ।
खोजी कार्यमा पानीभित्र गएर खोजी र उद्धार
गर्न तालिम प्राप्त नेपाली सेना र सशस्त्र प्रहरी बलका गोताखोरसहितको दक्ष टोली
खटेको छ । हिजोको खोजी साँझ परेपछि पौने सात बजेबाट स्थगित भएको थियो ।
हिजो खोजी कार्य गर्दा पहिरोमा परेको
वीरगन्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बसको झ्यालको पर्दा र करिव १० वर्ष बच्चाको
सुरूवाल फेला परेको चितवन जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी
इन्द्रदेव यादवले बताए । सो एञ्जल
बसको पानीभित्र रहेको लोकेशन अनुमान गरेको र आज बिहान यसको प्रमाणीकरण हुन सक्ने
यादवले बताए । पहिरोमा परेर
एञ्जल बससहित माठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस पनि नदीमा खसेको थियो । दुवै बसका ५०
जनाभन्दा बढी यात्रु र बस त्रिशूलीमा बेपत्ता छ ।