काठमाण्डौं,मंसिर २५
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ। पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। योसँगै कर्णली खेलमा ७ विकेटले विजयी भयो।
कर्णालीको जितमा चाडविक वाल्टनले ४२ रन बनाउँदा गुलसन झाा ४९ रनमा अविजित रहे। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १६।३ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो। निकै राम्रो सुरुआत गरेको पोखराले ४६ रन बनाउँदा ३।५ ओभरमा पहिलो विकेट गुमाएको थियो।
पोखराको लागि ओपनर दिनेश खरेल २६ रन बनाउँदा अर्का ओपनर आन्द्रेस गौसले २५ रन बनाए। रेमन रिफरले २० रन बनाए। यस्तै कप्ता कुशल भुर्तेल र विपिन खत्रीले समान १० रन बनाउनु बाहेक अन्यले रन बनाउन सकेनन्।
यता, पोखरालाई कम स्कोरमा रोक्क कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट हात पारे। यस्तै विपिन शर्मा, युनिस ठकुरी र कप्तान सोमपाल कामीले समान एक एक विकेट हात पारे।