मुग्लिन-नारायणघाट सडकखण्ड अवरुद्ध, पहिरो पन्छाउने कार्य जारी - वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

Jhalkonepal

चितवन— लगातारको वर्षासँगै खसेको ठूलो पहिरोले मुग्लिन(नारायणघाट सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार साँझ ४स्५० बजे तुइन खोलाको पुल नजिकै खसेको पहिरोका कारण यातायात दुईतर्फी रूपमा ठप्प भएको हो।

बुधबार बिहानैदेखि पहिरो पन्छाउने कार्य सुरु गरिएको भए पनि दिनभर समय लाग्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक खुलाउन अझै केही घण्टा लाग्ने सम्भावना भएकाले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रहरीले एक सूचना जारी गर्दै भनेको छ, “सडक पूर्णरूपमा बन्द भएकाले यात्रु महानुभाव तथा सवारीधनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न हार्दिक अनुरोध गर्दछौं।”

हाल पहिरो अवरुद्ध क्षेत्रको दुबै तर्फ सवारी साधन अड्किएका छन् भने सडक खुल्ने समय नतोकिएपछि वैकल्पिक मार्गहरू प्रयोगमा ल्याइएको छ।

यसैगरी वैकल्पिक सडक प्रयोग गरि यातायात सञ्चालन गरिएको छ । त्रिभुवन राजपथ(नौबिसे –हेटौडा), कान्ति राजमार्ग(सातदोबाटो – भैरब मन्दिर –बगुवा –लेनडाडा –हेटौडा) कालीगण्डकी कोरिडोर बाट छिरेर ( गैडाकोट –पाल्पा राम पुर–भिमाद –तनहु ), धादिंग(फिर्केखोला –धादिंग बेशी –सल्यानटार)–गोर्खा (आरुघाट –आबुखैरेनी), बुटवल –पोखरा वैकल्पिक सडक प्रयोग भइरहेको छ ।

सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको भए पनि जोखिमयुक्त भौगोलिक अवस्थाका कारण ढिलो हुन सक्ने सम्भावना प्रहरीको भनाइ छ। यात्रामा निस्कनु अघि सवारी चालक तथा यात्रुहरूलाई अवस्थाको जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।


प्रतिक्रिया