हुम्लामा भएकाे जिप दुर्घटनाका एक घाइतेको उपचारका क्रममा मृत्यु

Jhalkonepal

 काठमाडाैं , भदाै ६

हुम्लामा जिप दुर्घटनामा हुदा छायाँनाथ रारा नगरपालिका–१ का ३५ वर्षीय रमेश मल्लकाे ज्यान गएकाे छ । 

मल्लको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयाे । हुम्लाको चङ्खेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा घाइते भएका ७ जनामध्ये चार जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको थियो ।

प्रतिक्रिया