पोखरा , बैशाख ६
कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८
जना चिनियाँ नागरिक घाइते भएका छन् ।
शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको
बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको
हाइस माइक्रोबस आज बिहान ४:४० बजे राष्ट्र बैंक चोकमा ठोक्किएका थिए ।
दुर्घटनामा माइक्रोबसमा सवार १३ जना
चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् ।
घाइतेहरुको अवस्था मध्यम रहेको र
उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।
स्कार्पियो चालक धादिङको नेत्रावती–१
बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक
बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका
अनुसार स्कार्पियोमा चालकमात्र थिए ।
५ बैशाख २०८१, बिहिबार ०८:५९ मा प्रकाशित