लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

Jhalkonepal

काठमाण्डौं, माघ २२

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ । उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालय चितवनले जनाएको छ । 

सरकारी वकिल कार्यालयले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो । त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । 

प्रतिक्रिया