काठमाडाैं, माघ १३
हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
आइतबार सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी ढंगले अघि बढाउने वातावरण बनाउन र विधेयकहरुलाई छिटो अघि बढाई बिजनेश दिन आग्रह गरेका थिए ।
समितिमा अल्झिएर रहेका बिधेयक, अघिल्लो संसददेखि थाँती रहेका केहि विषय लगाएतमा सभामुखले चासो व्यक्त गरेकाे कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए । उनले सदनलाई सहज ढंगले अघि बढाउन आफूहरुको सकारात्मक पहल हुने प्रतिवद्धता जनाएको बताए ।
माघ १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको उनले बताए ।
१२ माघ २०८१, आईतबार ०२:११ मा प्रकाशित