रुकुमपुर्व, असार ३१
भूमे गाउँपालिका वडा नम्बर ६ का जीवन ओलीलाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षीय श्रीमती अप्सरा ओलीको हत्या आशङ्कामा ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पर्वले जानकारी दिएको छ ।
शुक्रबार साँझ अप्सराको हत्या भएको थियो । सोही दिन देखि फरार रहेका ओलीलाई आज पक्राउ गरिएको हो । भूमे गाउँपालिका वडा नम्बर ६ र ७ को बिचमा रहेको माम्फु खोला नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो।
उहाँका अनुसार फरार रहेका ओलीलाई पक्राउ गरी घटना बारे थप अनुसन्धान सुरु गरिएको छ। ओलीको साथमा पाँच वर्षीय छोरा आयुष पनि फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वी भागले जनाएको छ ।
३१ असार २०८१, सोमबार ०३:१४ मा प्रकाशित