संदिप लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

Jhalkonepal

 काठमाडौं, असोज ७ 

बारम्बार सुन्वाइ सर्दै आएको सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश अभावका कारण अघिल्लो सुन्वाइ स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । 

यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।


यस अघि उक्त मुद्दाको थुनछेक बहसमा बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडित (गौशाला-२६) घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए ।

उक्त सुन्वाइ पछि  १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

पछि उच्छ अदालतले उनलाइ धरौटिमा सर्त सहित थुनामुक्त गरेको थियो ।


प्रतिक्रिया