काठमाडौं, कात्तिक ५
इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका तीनजना नेपाली विद्यार्थीको शव काठमाडौं आइपुगेकाे छ । ।
नारायणप्रसाद न्यौपानेको शव मध्यराति नै काठमाडौं ल्याइएको थियो। लोकेन्द्रसिंह धामी, दीपेशराज विष्टको शव आज बिहान आइपुगेको हो।
नेपाली विद्यार्थीहरूको शवलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरले श्रद्धाञ्जली अर्पण गनुभयाे ।
आशिष चौधरीको शव आइपुग्न बाँकी रहेको र चारै जनाको शव आइपुगेपछि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
पोष्टमार्टमपछि चारै जनाको शव आजै धनगढी लैजाने तयारी गरिएको छ।
४ कार्तिक २०८०, आईतबार १०:३० मा प्रकाशित