काठमाण्डाै, भदाै २६
क्यानडामा आयोजना हुने विश्वकप लिग टु
अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई
गरिएको छ।
नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार काठमाडौंमा एक
कार्यक्रमको आयोजना गरि राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो ।
क्यानले
रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ ।
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु
टोली, नेपाल र
ओमान सहभागी हुँदैछन् ।
विदाई कार्यक्रममा राष्ट्रिय
क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सवै खेलाडीले आफ्नो भूमिकालाई
बुझ्दै राम्रो क्रिकेट खेल्ने बताउनुभयो । उहाले नेपाली टीमका लागि भएको प्रशिक्षण
पनि राम्रो भएकाले नजिता पनि राम्रो आउने दावी गर्नुभयो । त्यस्तै नेपाली टोलीका
लेगस्पीनर सन्दीप लामिछाने अहिलको सिरिज निकै महत्वपूर्ण भएकाले राम्रो खेल
देखाउने बताउनुभयो