काठमाडाैं, जेठ ७
इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा जीवनको कुनै संकेत नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यद्यपि इरान सरकारबाट आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।
अजरबैजानस्थित एक कार्यक्रमबाट राष्ट्रपति रैसी, होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती सवार हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो ।
६ जेठ २०८१, सोमबार ११:०३ मा प्रकाशित