काठमाडौँ, फागुन ३
दक्षिण
कोरियाको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा शुक्रवार एक निर्माण स्थलमा आगलागी
हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । साथै सात जना घाइते भएको सञ्चारमाध्यमहरूले
जनाएका छन् ।
राजधानी
सियोलबाट लगभग ३२५ किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानमा रहेको एक होटल निर्माण
स्थलमा आगलागी भएको थियो । निर्माण स्थलमा रहेका करिव १०० कामदारहरूलाई बाहिर
निकालिएको थियो भने छतमा भागेका १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
पहिलो तल्लामा
रहेको स्विमिङ पुल नजिकै इन्सुलेशन सामग्री लोड गरिएको कारणले आगलागी सुरु भएको
बताइएको छ । अग्नि नियन्त्रण अधिकारीहरूले १२७ दमकल इन्जिन र ३५२ दमकलकर्मीहरूलाई
घटनास्थलमा पठाएका थिए ।
२ फाल्गुण २०८१, शनिवार १२:१७ मा प्रकाशित