काठमाडौं , असोज १६
सुनको भाउ आज आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आठ सयले बढेर तोलाको एक लाख ६० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ पाँच सयले घटेर ताेलाकाे एक लाख ६० हजार रुपैयाँ रहेको थियो ।
१५ असोज २०८१, बुधबार १२:३७ मा प्रकाशित