आज पनि बढ्यो सुनचाँदीको मूल्य

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६१५ रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया