प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन

Jhalkonepal

काठमाडौं,जेठ ६

प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन । आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो ।

सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको बैठक फेरि सरेको हो । अर्को बैठक साढे ४ बजेका लागि बोलाइएको छ ।राष्ट्रिय सभाको बैठक भने बस्दै नबसी स्थगित भएको छ । दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको थियो । सवा ३ बजे बस्ने भनिएको बैठक पनि बस्दै नबसी सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।


प्रतिक्रिया