काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ६०० रुपैयाँ र चाँदी १७५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ४० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ८६५ रुपैयाँ कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
१४ जेठ २०८३, शुक्रबार १२:२१ मा प्रकाशित