काठमाण्डौ, चैत १३
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा पुग्नु भएकाे छ । बेइजिङ पुगेलगत्तै उहाँले हिजो चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गर्नुभयो ।
भेटमा नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी)का अध्यक्ष हुनिङले दुई देशले बिआरआई कार्यान्वयन योजनामा चाँडै हस्ताक्षर गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ आज बिहान हुवावे रिसर्च एन्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा सहभागी हुने र त्यहाँबाट नेपाली राजदूतावास पुगेर लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
१२ चैत २०८०, मङ्गलबार ०८:५८ मा प्रकाशित