काठमाडौं , साउन
१८
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया
बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तीनवटा प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।
आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोसी र वाग्मती प्रदेशका
एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी
प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ
।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र
सुदूरपश्चिमका केही स्थानमा तथा मधेस प्रदेशको थोरै भू–भागमा मेघगर्जन र
चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका
एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर
स्थानको आसपासमा रहेको विभागले बताएको छ ।