काठमाण्डौ, साउन २१
नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज
माल्दिभ्ससँग खेल्दै छ ।
यो
खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज ३: १५
बजेदेखि शुरु हुने छ ।
नेपालले
जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ
।
त्यस्तै
माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट
बाहिरिइसकेको छ ।
त्यस्तै
आज यो खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुदै छ । प्रतियोगिताको सेमिफाइनलमा
आयोजक नेपालसहित भारत, इरान
र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्ने छ ।
२० साउन २०८१, सोमबार ०८:३२ मा प्रकाशित