स्थानिय निकाय उपचुनावको मतगणना अन्तिम चरणमा, ४ स्थानको नतिजा आउन बाँकी

Jhalkonepal

काठमाण्डाै , मंसिर १७

स्थानिय निकाय  उपचुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३७ वटा पदको नतिजा सार्वजनिक भएको छ । दुई अध्यक्ष, एक उपमेयर, दुई उपाध्यक्ष र ३२ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो । 

नतिजा सार्वजनिक भएका ३२ वडाध्यक्षमध्ये कांग्रेसले १६, एमालेले ५, माओवादीले ६, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् ।

रुकुमको पुथा उत्तरगंगा २ को वडाध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध भएका थिए । अब एक मेयर, दुई उपाध्यक्ष र एउटा वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया