पूर्वसभामुख ढुङ्गानाको निधन, प्रधानमन्त्रीओलीद्वारा श्रद्धाञ्जली व्यक्त

Jhalkonepal

काठमाण्डाै, मंशिर २


पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो १:३० बजे उनको निधन भएको हो । ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् 

आज सामाजिक सञ्जालमार्फत उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेको परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।

'विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु', प्रधानमन्त्रीले भनेका छन् ।

प्रतिक्रिया