काठमाडौँ, पुस २३
कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीले सहकारी ठगीबारे दोस्रो पटक बयान लिएको छ । गुरुङलाई प्रहरीले मितेरी सहकारी ठगीबारे दोस्रो पटक बयान लिएको हो ।
गुरुङलाई
केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर सोधपुछ गरिएको सीआईबीले बताएको छ । सीआईबीमा
गुरुङले करिब ५ घण्टा बयान दिएका हुन् । यसअघि कार्तिक २८ मा प्रहरीले उनलाई
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको
रकम अपचलन गरेको घटनामा सोधपुछ गरेको थियो । सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५
जना विरुद्ध जाहेरी परेको छ ।
ज्योति गुरुङ
धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा २०७६ फागुन २९ मा
ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको भेटिएको छ ।
प्रहरीले गुरुङसँग
सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध
विच्छेद गरेको बारे सोधपुछ गरेको छ । अनुसन्धान अधिकृतहरूसँग गुरुङले मितेरी
सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् । उनले भनेका छन्, ‘मितेरी सहकारीले मेरो घर र इज्जत सबै खाइदियो
।’
धनराजले मितेरीबाट
लिएको ऋण घर बेचेर तिरेको बताएका छन् । उनकी पत्नी गुरुङ र अर्का आरोपी ज्योति
भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ ।